images
images

सरकारले जनचाहना अनुसार बजेट ल्याउन सकेनः एमाले

काठमाडौं । नेकपा एमालेले सरकारले जन अपेक्षा अनुसार बजेट ल्याउन नसकेको आरोप लगाएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई एमालेले गैरजिम्मेवार भएको टिप्पणी गरेको हो।

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले बजेट समग्ररूपमा जनअपेक्षा र मुलुकको आवश्यकताअनुसार आउन नसकेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले बताउनुभयो ।

images

दुई तिहाइको समर्थन प्राप्त सरकारले मुलुकको रूपान्तरण र आर्थिक समृद्धिको आधार तयार पार्ने खालको बजेट ल्याउन असफल भएको महरको भनाइ छ ।

शिक्षा, कृषि, पर्यटनलगायतका प्राथमिक क्षेत्रलाई पर्याप्त महत्व नदिइएको तथा बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत सुनिश्चितता पनि भरपर्दो नरहेको एमालेले निष्कर्ष निकालेको छ ।