images
images

स्वास्थ्यकर्मीलाई मतदानस्थलमा खटाइदिन सरकारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन प्रत्येक मतदानस्थलमा स्वास्थ्यकर्मी खटाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

images

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई पनि अनुरोध गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको दिन कुनै पनि आकस्मिक स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।