images
images

विश्वकप लिग–२ को तयारीका लागि २० जना खेलाडी छनोट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को तयारीका लागि २० जना खेलाडी छनोटमा परेका छन् ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले तयारी क्याम्पका लागि २० खेलाडी छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । रोहित पौडेलको नेतृत्व छनोट गरिएको प्रारम्भिक टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् ।

त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी,खबसिर अहमद, गुलसन झा, साहब आलम, शेर मम्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन् ।

नेपाल, ओमन र यूएई सम्मिलित हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म काठमाडौँमा हुनेछ ।