काठमाडौं । आगामी फागून २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाइसकेको छ ।
प्रत्यक्ष तथा समानुपातिक निर्वाचन मार्फत प्रतिनिधिसभामा २ सय ७५ जना सांसद चुनिएर आउँदैछन् ।
प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पठाईएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
देशभरि निर्वाचनको सरगर्मी चढेको छ । उम्मेद्वारहरु आ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत बनेका छन् भने नेता कार्यकर्ता पनि आफ्ना निर्वाचन क्षेत्र पुगेका छन् । मत हाल्नका लागि मतदाताहरु विदेशबाट देश फर्कने क्रम पनि बढेको छ । देश भित्रै पेशा, व्यवसाय तथा रोजगारीमा आवद्ध भएकाहरु पनि आ आफ्नो गाउँ फर्कने क्रम सुरु भएको छ । जसका कारण गाउँघरमा समेत निर्वाचनको माहोल बढेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि हुन लागेको यो चुनाव अघिल्ला चुनावहरुको तुलनामा केही भिन्न छ । यस पटक युवाहरुले राजनितिमा चासो मात्रै देखाएक छैनन् प्रत्यक्ष सहभागि भएका छन् ।
हालको चुनावमा २ सय ७५ जनाको लागि ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्य ३ सय ८८ जना महिला उम्मेदवार रहेका छन् भने ३ हजार १७ जना पुरुष उम्मेदवार रहेका छन् ।


ओइल दर्पण 












