काठमाडौं । सुधन गुरुङले पुनः गृहमन्त्रीमा शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृह मन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न मन्त्रीहरू र सांसदहरूको उपस्थिति रहेको थियो।
गुरुङ यसअघि पनि गृह मन्त्रालयको जिम्मेवारीमा रहनुभएको थियो । आफ्नो सम्पत्ति विवरणका विषयमा प्रश्न उठेपछि राजीनामा दिएका गुरुङले सरकारद्वारा गठित छानबिन समितिबाट ुक्लिनचिटु पाएपछि पुनः गृह मन्त्रालयको बागडोर सम्हाल्नुभएको हो ।
महावीर पुन भने यसअघिको चुनावी सरकारमा मन्त्रीको रुपमा रहनुभएको थियो । सरकारले नयाँ मन्त्रालय बनाएपछि पुनलाइ मन्त्री बनाएको हो ।
















