images
images

प्रतिनिधिसभाको गतिरोध अन्त्य, प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीको जवाफ, श्रम संस्कृती पार्टीको भने बिरोध

काठमाडौं । लामो समयदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ। बुधबार सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच भएको छलफलमा संसद्को कामकारबाही सुचारु गर्ने सहमति जुटेपछि बैठक सञ्चालन भएको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिनुभएको छ । यही जेठ १७ गते प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको अभिव्यक्ति दिनुभएको थियो, जुन अभिव्इक्तिलाइ लिएर विपक्षि दलहरुले निरन्तर बिरोध गर्दै आएका थिए ।

images

प्रधानमन्त्रीको अभिव्यक्ति माथि परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्नुभएको छ । नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवार यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउदै उहाँले यस विषयमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफ फर्काएको उनले जानकारी दिनुभयो ।

नक्सांकन हुन बाँकी रहेका क्षेत्रमा बाहेक दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भन्दै मन्त्री खनालले सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो ।

साथै नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयमा परराष्ट्रमन्त्री मन्त्रीले जवाफ दिएकोमा श्रम संस्कृति पार्टीले भने असहमति देखाएको छ । सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरे ।

श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा असहमति जनाउनुभएको थियो ।