images
images

सीमा विवाद आवेगले होइन, कूटनीतिबाट समाधान गरौंः नेपाली काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित कूटनीतिक संवादमार्फत मात्र सम्भव हुने बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले राष्ट्रिय स्वाभिमानको विषयमा सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको तथ्य जगजाहेर रहेको बताउँदै उनले यस विषयमा संसदले समेत नक्सा पारित गरिसकेको स्मरण उहाँले गराउनुभयो ।
सांसद आङदेम्बेले भन्नुभयो, दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। हामीले ती भूभागसहितको नक्सा पारित गरिसकेका छौँ। तर, यो जटिल विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवाद र कूटनीतिक प्रक्रियाबाट मात्र हुनुपर्दछ।

images

नेपालको गौरवशाली इतिहासको चर्चा गर्दै सांसद आङदेम्बेले वीर गोर्खालीको देश कहिल्यै कसैको उपनिवेश नबनेको र नेपालीहरू सधैं स्वाभिमानी रहेको बताउनुभयो।
सगरमाथा जस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने नेपालीको भावनामा ठेस पुग्ने गरी कुनै पनि सार्वजनिक अभिव्यक्ति आउन नहुने उहाँको भनाइ थियो।