images
images

गृहमन्त्री गुरुङ धर्नामा बसेकाहरूलाई भेट्न माइतीघरमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्ना दिइरहेका विभिन्न पीडित पक्षहरूसँग भेटघाट गर्नुभएको छ । विभिन्न माग राखी लामो समयदेखि आन्दोलनरत र धर्नामा बसेका पीडितहरूको गुनासो सुन्न गृहमन्त्री स्वयं माइतीघर पुग्नुभएको हो ।

भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिएको बताउँदै उनीहरूको न्यायका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तपाईंहरूको धैर्यताको उच्च कदर गर्छु, राज्य तपाईंहरूको साथमा छ, अब समस्याको उचित समाधान खोजिनेछ, उहाअँले भन्नुभयो ।

images

पीडितहरूले लामो समयदेखि आफ्ना माग सुनुवाइ नभएको भन्दै गुनासो राखेका थिए।