images
images

परराष्ट्र मन्त्री खनाल बेइजिङमा ब्यस्त, भेटघाट जारी

काठमाडौं । चीनमा परराष्ट्र मन्त्री शिशिर खनालको ब्यस्तता बढदो रहेको छ ।आज बिहान बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पराराष्ट्र मन्त्री खनालले द्दिपक्षीय भेटघाट गर्नुभयो ।

सो छलफलमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान र जनता–जनता सम्बन्ध सहित नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूमा केन्द्रित रहेको परराष्ट मन्त्री खनालले जानकारी दिनुभएको छ ।

दुई देशहरू बीचको लामो समय देखिको मित्रतालाई अझ गहिरो बनाउने चीन र हुनिङले देखाएको सदभाव प्रति परराष्ट मन्त्री खनालले आभार ब्यक्तसमेत गर्नुभएको छ ।