images
images

रोनाल्डोको चलेन कुनै जादु, कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौ। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको पहिलो खेलमा पोर्चुगलले कंगोसँग बराबरी खेलेको छ।

सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिन पुगेको हो । मेस्सी, एम्बापे, हल्यान्डलगायतले गोल हान्दा पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले भने पहिलो खेलमा कुनै गोल हान्न सकेनन, यद्दपी उनले दुई पटक प्रयास गरेका थिए ।

images

राती सम्पन्न खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएर बलियो उपस्थिति देखाएको थियो, पोर्चुगलका लागि एकमात्र गोल ७ औं मिनेटमा जोआओ नेभेसले गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा दुवै टीमले कुनै गोल गर्न नसक्दा १–१ अंक बाँड्न बाध्य भए।