काठमाडौं, २४ असार । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अग्रता लिइरहेको इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान वा क्वटार फाइनलमा स्थान बनाएको हो।
दुई गोलले पछि परेको अर्जेन्टिनाले शानदार कमब्याक गर्यो। खेलको १५ औं मिनेटमा यासेर इब्राहिम र ६७ आं मिनेटमा मोस्तफा जिकोले गोल गर्दा इजिप्टले २–० ले अग्रता बनाएको थियो ।
तर, ७९ औं मिनेटमा क्रिस्टियन रोमेरो र ८३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।















