काठमाडौं। हाम्रो अनुहारले नै संकेत दिन्छ, हामीलाइ कस्तो रोग लागिरहेको छ । तर हामिले ति संकेतहरुलाइ भने चिन्न आवश्यक छ।
चिकित्सकहरुका अनुसार अनुहारमा यी लक्षणहरू देखिए भने मृगौला सम्बन्धि रोग लागेको हुन सक्छ । अनुहारमा देखिने त्यस्ता संकेत जसले मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ।
आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी समस्याको संकेत हुन सक्छ।
पहेंलो र थकित छालाः मृगौला फेल हुँदा रगतमा विषाक्त पदार्थको मात्रा बढ्छ, जसका कारण छाला सुकेको, पहेंलो र थकित देखिन सक्छ।
अनुहारमा बारम्बार डन्डिफोरः मृगौलाले विषाक्त तत्वलाई राम्ररी निकाल्न सकेन भने यसको प्रभाव छालामा देखिन्छ। बारम्बार पिम्पल्स हुनु पनि एउटा संकेत हो।
ओठ र आँखा वरपरको छाला सुख्खा हुनुः मृगौला खराब हुँदा शरीरमा पानीको कमी हुन्छ, जसका कारण ओठ र आँखा वरपरको छाला सुक्न थाल्छ ।
अनुहारमा सुन्निनेः मृगौलाले शरीरबाट अतिरिक्त पानी निकाल्न सक्दैन, जसका कारण अनुहारमा विशेषगरी बिहान सुन्निने देखिन्छ। यो सुन्निने क्रम बिस्तारै बढ्दै जान्छ र समस्या निम्त्याउँछ।
कालो घेरा र थकित अनुहारः मृगौला फेल हुँदा शरीरमा टक्सिन जम्मा हुन थाल्छ, जसका कारण आँखामा कालो घेरा र लगातार थकान देखिन थाल्छ ।
छाला चिलाउनेः मृगौला फेल हुँदा छाला सुख्खा र चिलाउने हुन्छ किनभने रगतमा फस्फोरस र अन्य विषाक्त पदार्थहरू जम्मा हुन थाल्छ।
यस्ता लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सकोमा जचाउन जानुपर्छ ।















