चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता–कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गर्नुभएको छ । दलभित्रको आलोचनात्मक चेतना र आन्तरिक उत्तरदायित्व नै संगठनलाई सही दिशामा अघि बढाउने आधार हुने धारणा राख्नुभयो ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसले आफ्ना कमजोरीहरू सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाले त्यस्तो गल्ती दोहोर्याउन नहुने सुझाव दिनुभयो ।
ुतपाईंहरूका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्यौँ, तपाईंहरूले नगर्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट राख्नुहोला, थापाले भन्न्ुभयो ।
सभापति थापाले रास्वपाले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय घटनामध्ये एक भएको उल्लेख गर्नुभयो । चार वर्षको अवधिमा प्राप्त जनमतलाई थापाले लोभलाग्दो जनविश्वास को संज्ञा दिनुभयो ।
ुयति छोटो समयमा यति ठूलो जनमत प्राप्त गर्नु सामान्य कुरा होइन। यो जनताको ठूलो अपेक्षा र विश्वासको संकेत हो, थापाले भन्नुभयो
तर, इतिहासमा यस्ता अवसरहरू नेतृत्वको अहंकार, आन्तरिक द्वन्द्व र सत्तामोहका कारण गुमेका उदाहरणहरू रहेको स्मरण उहाँले गराउनुभयो । रास्वपाले पनि यस्ता कमजोरीबाट जोगिनुपर्ने थापाको सुझाव थियो।
ुइतिहासमा पटक–पटक जनताले नयाँ शक्तिलाई अवसर दिएका छन्। तर नेतृत्वबीचको अहंकार, टकराव र सत्ताको उन्मादका कारण ती अवसरहरू दुर्घटनामा परेका छन्। रास्वपाको हकमा त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो शुभेच्छा हो, थापाले भन्न्ुभयो ।
सभापति थापाले राजनीतिक प्रतिस्पर्धा स्वस्थ र रचनात्मक हुनुपर्नेमा जोड दिँदै कुनै दललाई कमजोर बनाएर आफूहरू बलियो बन्न नचाहेको स्पष्ट पार्नुभयो ।
ुहामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौँ, हामी आफूलाई सुधारेर, राम्रो काम गरेर र जनताको विश्वास जितेर अगाडि बढ्न चाहन्छौँ, उहाँले भन्नुभयो ।
संसदीय लोकतन्त्रको अभ्यासबारे चर्चा गर्दै थापाले विपक्षी दलको भूमिका केवल विरोधमा सीमित नहुने बताउनुभयो। सरकारले गलत निर्णय गर्दा विरोध गर्ने र सही काम गर्दा समर्थन गर्ने लोकतान्त्रिक संस्कारलाई कांग्रेसले आत्मसात् गरेको उहाँको भनाइ थियो।
















