images
images

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौंः प्रधानमन्त्री बालेन

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले भारतसँगको सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने टिप्पणी गलत रहेको बताउनुभएको छ । नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेको दाबी गर्दै प्रधानमन्त्री बालेनले छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गरिने स्पष्ट पार्नुभयो।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफूले व्यक्त गरेको भनाइबारे स्पष्टीकरण दिनुभएको हो ।

images

ुहामीसँग कालापानी र लिपुलेकका प्रमाण छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख र प्रमाण पनि प्रस्तुत गर्न सक्छौँ भनेका हौँ, उहाँले भन्नुभयो, ुहामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ।

नेपाल आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले सीमा विवाद तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्न प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

ुहामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर समस्या समाधान गर्छौँ। हामीसँग प्रमाण छ,उहाँले भन्न्ुभयो मेरो राष्ट्रियताप्रति कसैले पनि शंका गर्नुपर्ने कारण छैन।