चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्दै देश रास्वपाको हातमा सुरक्षित रहेको बताउनुभएको छ ।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभयो । राजनीतिक शक्ति हासिल गर्नु दम्भ, प्रतिशोध वा अहंकार प्रदर्शन गर्ने अवसर नभई नागरिकप्रतिको दायित्व वहन गर्ने अवसर भएको उहाँले बताउनुभयो ।
ुदेश रास्वपाको हातमा छ, देश सुरक्षित छ, उहाँले भन्नुभयो, बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स होइन।
लामिछानेले रास्वपा लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा पार्टी दृढ रहने धारणा राख्नुभयो।
ुलोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकारलगायतका उपलब्धिको हामी जगेर्ना गर्नेछौँ, उहाँले भन्नुभयो, हामी जिम्मेवारीका साथ उभिएका छौँ, त्यसैले अन्य राजनीतिक दलहरू निर्धक्क रहन सक्छन्।















