चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको भावीको सभापतिका रूपमा पुनः रवि लामिछाने निर्बिरोध निर्वाचित हुनुभएको छ ।मंगलबार साँझ भएको उम्मेदवारी दर्तामा पार्टी सभापतिमा अन्यको उम्मेदवारी नपरे पछि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँका अनुसार सभापतिमा अन्य कसैको उम्मेदवारी परेको थिएन ।‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भन्नुभयो ।
केन्द्रीय समिति सदस्यका लागि भने आज मतदान हुनेछ ।
















