काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ ।
पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिनुभएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध हुनुभएको हो । श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक समेत बस्नुभएको छ ।
पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। अन्य पदका लागि भने निर्वाचन हुँदै छ ।















