images
images

रास्वपाको महाधिवेशन लम्बियो, प्रतिनिधिसभा बैठक समेत प्रभावित

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकिन ढिलाइ हुँदा प्रतिनिधि सभा बैठक समेत प्रभावित भएको छ। प्रतिनिधि सभाको बैठक मिति दुई पटक सारिसकिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक तय गरिए पनि रास्वपा महाधिवेशन नसकिएकोले बैठक मिति फेरि सारिएको हो।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

images

मन्त्री तथा सांसदहरू चितवनमै रहेकाले बैठक शनिबार सम्म सारिएको हो ।

रास्वपाको महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि चलिरहेको छ। ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारी भने निर्वाचन हुन बाँकी छ।