सुनसरी । कप्तानगञ्जमा भएको घटनामा परी मृतक परिवारसँग सरकारले ७ बुदेँ सम्झौता गरेको छ ।
सो घटनामा मृत्यु भएका देवानगञ्ज गाउँपालिका–३ का ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुदेँ मागमा सहमति भएको हो ।
सहमतिअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्नेलगायत ७ बुदेँ सहमति पत्रमा उल्लेख गरिएको छ ।
गत आइतवार निधन भएका ओमप्रकाश र उपचारको क्रममा मृत्यु भएका जयप्रकाशको परिवार भेटन गृहमन्त्री सुदन गुरूङ हिजो साँझ बिराटनगर पुगेका थिए। बिराटनगरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बुझिसके पछि उनी मृतकका परिवार भेटन कप्तानगञ्ज गएका थिए ।
सोही क्रममा राती ७ बुदेँ सहमति भएको हो। सहमति अनुसार आज दिउँसो २ बजे मृतकको दाहसंस्कार गरिने भएको छ ।















