images
images

विश्वकपमा खेलाडीले लाउने जुत्ता हुन्छन् ह्यान्डमेड, कहाँ कस्ले बनाउँछ ?

काठमाडौं । फिफा विश्वकप खेलकुदको महान पर्ब मात्रै होइन, यो त अर्बौ अमेरिकन डलर भन्दा बढीको व्यवसाय पनि हो। त्यसैले फिफा विश्वकप भन्ने बितिक्कै धेरैले एडिडासको ब्रान्ड सम्झन्छन्, फिफामा उसले करोडौं डलर बिज्ञापनमा खर्च पनि गरिरहेको पनि हुन्छ, हरेक म्याचको प्रत्यक्ष प्रसारण हेर्नेले सधैजसो एडिडासको बिज्ञापन देखिरहेका हुन्छन । खासमा फिफा विश्वकप र एडिडासको बर्षौ देखी घनिष्टता कायमै रहेको छ ।

तर, धेरैलाई यो थाहा नहुन सक्छ कि विश्वकपका फुटबल सुपरस्टारहरूले लगाउने जुत्ता मेसिनले नबनाएर हस्तनिर्मित हयान्ड मेडहुन्छ भनेर, हो एडिडासले विश्वकपका सबै जुत्ताहरू कामदारहरूले हातैले बनाएको मात्रै आपुर्ति गर्दछ ।

images

फुटबलका सदावहार हस्ती लियोनेल मेस्सी, पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो, फ्रान्सका किलियन एम्बाप्पे देखी इंग्ल्याण्डका ह्यारी केनले लगाईरहेको सबै जुत्ता एडीडासका कामदारहरूले बनाएका हस्तनिर्मित जुत्ताहरू नै हुन् ।

जसले खेललाई नवीनता र प्रिमियम खेल प्रदर्शनको लागि ब्रान्डको प्रतिष्ठालाई बलियो बनाएको एडीडासको दावी छ । उसका अनुसार शीर्ष विश्वकप स्टारहरूलाई उनीहरूको प्रदर्शन अधिकतम बनाउन एडिडासले मद्धत गरिरहेको छ ।

चिकित्सा डेटामा आधारित उन्नत हल्का वजन सामग्री र व्यक्तिगत फिटिंगहरू प्रयोग गरेर बुटहरू प्रत्येक खेलाडीको आवश्यकता अनुरूप बनाइएका हुन्छन्, केही मोडेलहरूको तौल त १५० ग्राम भन्दा पनि कम हुन्छ, हलुको भएका कारणले पनि विश्वकपको स्टारहरूलाई खेलमा कुनै दबाब महशुश नै हुदैन् ।

यी जुत्ताहरू जर्मनस्थित बाभेरियामा एडिडासको विशेष कारखानामा उत्पादित हुन्छन् । जसको उच्च प्रविधियुक्त जुत्ताले गति, आराम र परिशुद्धतालाई संयोजन गरिरहेको हुन्छ । त्यसो त धेरैजसो एडिडास जुत्ताहरू एशियामा बनाइएका पनि हुन्छन् ।

एडिडास फिफाको सबैभन्दा पुरानो र मुख्य साझेदार हो। विश्वकपका प्रत्येक खेलमा प्रयोग गरिने आधिकारिक म्याच बल एडिडासले नै आपूर्ति गर्दछ। यस विश्वकपमा एडिडासले कुल १४ वटा राष्ट्रिय टोलीहरूलाई जर्सी र किटहरू प्रायोजन गरेको छ, जसले गर्दा विश्वभरका करोडौँ प्रशंसकले एडिडासका जर्सी र जुत्ता खरिद गर्न मरिहत्ते गर्ने गर्छन्। यस विश्वकपमा खेल्ने लगभग एक तिहाई खेलाडीहरूले पनि एडिडासका जुत्ता र किटहरू प्रयोग गरिरहेका छन्।

सन् २०२६ को विश्वकपको पूर्वसन्ध्या मे–जुनमा मात्रै एडिडासका जर्सी र जुत्तालगायतका समानहरूको बिक्री गत वर्षको तुलनामा ७० प्रतिशतसम्मले वृद्धि भएको बजार अनुसन्धान रिपोर्टहरूले देखाएका छन्। विश्वकपको पहिलो सातातिर एडिडासका आधिकारिक स्टोरहरूमा सामान्य दिनको तुलनामा ग्राहकको आगमनमा ४७ प्रतिशत सम्मको वृद्धि देखिएको थियो ।

विश्वकपको वर्ष भएको हुनाले एडिडासले सन् २०२६ मा आफ्नो कुल व्यापारमा लगभग २ अर्ब यूरोको थप वृद्धि गर्ने लक्ष्य राखेको छ, जसबाट कम्पनीको कुल सञ्चालन नाफा २।३ अर्ब यूरो पुग्ने अनुमान गरिएको छ।