काठमाडौँ । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य विमान दुर्घटनामा ११ जनाको मृत्युको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।
बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथरिटीले जनाएअनुसार शुक्रबार बेलुकी ६ः२० बजे विमान दुर्घटनामा परेको हो । सान्ता क्रुज सहरबाट उडान भरेको विमान एल आल्टो अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो ।


ओइल दर्पण 












