काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो । दुई दिनमा चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण सुन र चाँदीको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ ।


ओइल दर्पण 











