images
images

ऐतिहासिक मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो, अब मतगणनाको पर्खाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन समपन्न भएको छ । बिहिबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर चुनाव भएको थियो । निर्वाचन आयोगका अनुसार देशभर करिब ६० प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएका छन् ।

२०८२ भदौ २३ र २४ गते देशभरि भएको जन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउने जिम्मेवारी पाएको थियो । सोही अनुसार आज निर्वाचन भएको हो ।

सफलतापुर्वक मतदान सम्पन्न गराउन सहयोग गरेकोमा सबै मतदाता, दलहरु, उम्मेद्वार, कर्मचारी सबैलाई आयोगले धन्यवाद दिएको छ । अहिले देशभर मतपेटिका संकलन गर्ने काम भइरहेको छ, कतिपय ठाउँमा आजैबाट मत गणना सुरु हुनेछ । केही हिमाली जिल्लामा भने, भोली बिहानसम्ममा मतपेटिका सम्बन्धित स्थानमा पुगेपछि गणनाको काम सुरु हुने कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यो निर्वाचनमा अघिल्ला निर्वाचनहरुको तुलनामा कम मत खसेको छ, तर पनि मतदान भने शान्तीपूर्ण रुपले सम्पन्न भयो । मतदान सफलतापुर्वक सम्पन्न भएसँगै अब मतगणनाको पखाईमा आम मतदाता र उम्मेदवार रहेका छन् ।