images
images

लिटरमै १५ रुपैयाँले बढ्यो पेट्रोल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । बढेको मूल्य आज रातिदेखि लागु हुनेछ ।

निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल ५४ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँले बढेर आएको थियो ।

images

तर, सार्वजनिक यातायात, ढुवानी र सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी पेट्रोल र डिजेलमा कम मात्र मूल्य बढाइएको निगमले जनाएको छ ।

एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ ।

निगमका नुसार मध्यपूर्व र युरोप (रुस–युक्रेन) मा देखिएको युद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ ।

विगतमा घाटा खाएर तेल बेच्दा आईओसीलाई बुझाउनुपर्ने बक्यौता २४ अर्ब पुगेको र सरकारबाट ७ अर्ब ऋण तथा जग्गा धितो राखेर ३ अर्ब ऋण लिँदा समेत बक्यौता तिर्न नसकिएकाले आपूर्ति प्रणाली नै प्रभावित हुने जोखिम बढेको निगमको भनाइ छ ।

बाध्यतावश मूल्य बढाउनुपरेको प्रस्टीकरण दिँदै निगमले अन्तराष्ट्रिय बजारमा मूल्य घटेर आए तत्काल नेपालमा पनि मूल्य घटाइने प्रतिबद्धता जनाएको छ ।