images
images

झन्डै ४६ हजार ग्यास सिलिन्डर एकै दिन बजारमा

काठमाडौ । उपत्यकाका विभिन्न २४ वटा ग्यास बोटलिङ प्लान्टहरूले मंगलबार कुल ४५ हजार ८ सय ८८ वटा सिलिन्डर बजारमा पठाएका छन् । जसबाट उपत्यकामा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ ।

मंगलबार बजारमा पठाईएको सिलिन्डरको सङ्ख्या उपत्यकाको सामान्य दैनिक मागको तुलनामा करिब १० प्रतिशतले बढी हो ।

आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नेपाल ग्यास उद्योगले ओगटेको छ । बालाजुमा रहेको यस उद्योगले १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ । यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४ सय ९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४ सय २२ वटा सिलिन्डर बजारमा पठाएका छन् ।

अन्य उद्योगहरू मध्ये सगरमाथा ग्यासले ३ हजार २ सय १७, सूर्य ग्यासले २ हजार ६ सय ६१ र उग्रचण्डी ग्यासले ३ हजार ४ सय २२ वटा सिलिन्डर बजार पठाएका छन् भने सुगम ग्यासले २ हजार ८ सय २०, मेट्रो काठमाडौंले २ हजार ४ सय ४८, ओम ग्यासले १ हजार ८ सय १५ र श्रीकृष्ण ग्यासले १ हजार ८ सय १० थान सिलिन्डर वितरण गरेका छन् ।