images
images

इरानका शीर्ष सुरक्षा अधिकारी लारिजानी मारिएको पुष्टि

काठमाडौ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलमा उनी मारिएका हुन् ।

लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए । मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो ।

images

यसअघि इजराइली रक्षामन्त्री इसराइल कात्जले इसराइली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए । युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको भनेर अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका थिए ।

इजराइलले इरानका अन्य सुरक्षा अधिकारीहरूलाई पनि निशाना बनाएको जनाएको छ । इरानी अर्धसैनिक बल मसिज मिलिसियाका प्रमुख कमान्डर घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ । इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले थप आक्रमण जारी रहने संकेत दिएका छन् ।

तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल युद्ध झन् क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ ।