काठमाडौं । काठमाडौं उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ । घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो ।
नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
घोडेजात्रामा सैनिकहरूले विभिन्न ब्यान्डद्वारा धुनहरू प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा शो जम्प देखाईएको थियो ।
यस्तै तालिम प्राप्त कुकुरहरूको प्रस्तुति निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सेनाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।


ओइल दर्पण 












