images
images

बीर अस्पतालमा यही चैत १६ देखि स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण हुने

काठमाडौं । बीर अस्पतालमा यही चैत १६ देखि स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण हुने भएको छ ।

त्यसका लागि काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको हो । महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माकाबीच सम्झौता भएको हो ।

images

त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिईन् ।

त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा शर्माले गएको वर्षको सिकाइबाट यसवर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाएको बताए ।

महानगरको स्वास्थ्य विभागकाअनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिला परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुन् । परीक्षण चैत यही १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १०० जनादेखि १२० जनासम्मको परीक्षण गर्नेगरी योजना कार्यान्वयन गर्ने महानगरले जनाएको छ ।