images
images

कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

images

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई हिजो नै राजीनामा बुझाए पनि राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठकअघि थापाले राजीनामा दिएका हुन् ।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए ।

विशेष महाधिवेशनले थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।