images
images

इरानद्वारा कतारको औद्योगिक क्षेत्रमा हमला, तेलको मूल्य झन् बढ्यो

काठमाडौं । इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरेको छ । जसबाट कतारलाई ठुलो क्षति भएको बताइएको छ । आफ्नो देशमा रहेको विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा इजरायलले आक्रमण गरेपछि जवाफमा इरानले कतारमा आक्रमण गरेको हो ।

कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणले आफ्नो मुख्य ग्यास प्लान्टमा आगो लागेको र ठुलो क्षति भएको उल्लेख छ । यसपछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।
साउदी अरेबियाले पनि पूर्वी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी ड्रोन प्रहार गरिएको बताएको छ । ब्यालिस्टिक मिसाइलको भग्नावशेष रियादको दक्षिणमा रहेको एक रिफाइनरी नजिकै खसेको छ ।

images

होर्मुज स्ट्रेटबाट ढुवानी लगभग बन्द हुनुभन्दा अघि नै बढेको तेलको मूल्य आज(बिहीबार) झन् उकालो लागेको छ ।