images
images

गत वैशाख विपद्का घटनामा चार सय ७९ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार दुई सय ३१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यो अवधिमा चार सय ७९ जनाको मृत्यु भएको छ भने एक हजार आठ सय जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४ सय ८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३ सय २१, पहिरोका ६ सय ४, भारी वर्षा ४ सय ४२, चट्याङ ४ सय ६ र सर्पदंशका ६ सय घटना भएका छन् ।

images

यसैगरी, वन डढेलो २ सय ७९, हुरीबतासका ४ सय ५१, जनावर आक्रमणका ५ सय ४, लेक लागेका १ सय २३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ ।