images
images

गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौंको गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वरका पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का सुदीप मगर, धादिङको थाक्रे गाउँपालिका–४ का बुद्ध तामाङ छन् ।

images

त्यस्तै, मकवानपुरको थाहा नगरपालिका–९ का सुमेश नेपाली, धादिङको थाक्रे गाउँपालिका–४ का अमन तामाङ, बझाङको तेलकोट गाउँपालिका–४ का उज्जवल सिंह र मोरङको केराबारी गाउँपालिका–५ का दिलिप राई छन् ।

उनीहरूलाई प्रहरी वृत्त थानकोटको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । यसअघि वृत्त स्वम्भूले ७ र जिल्ला प्रहरी परिसर ललितपुरले एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ गरेको थियो ।