images
images

एसियन छनोट अन्तर्गत नेपाल लाओससँग १–० ले पराजित

काठमाडौं । एएफसी एसियन कप २०२७ एसियन छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ । मंगलवार साँझ सम्पन्न तेस्रो चरण छनोटको अन्तिम खेलमा नेपाल लाओससँग १–० गोलले पराजित भएको हो ।

न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले खेलको ४८ औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् । हारसँगै ६ खेलबाट ३ अंक रहेको नेपाल तालिकाको पुछारमा पुगेको छ भने लाओस ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।