काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ ।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो । देउवा दम्पती घाइते भएका थिए । घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो ।
हाल देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन् ।


ओइल दर्पण 












