काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा लोकप्रिय सर्जक दीपक शर्माको शव्द र संगीत रहेको छ । अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ ।
म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । भिडियोमा सुरेश कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सहायक कोरियोग्राफर नविन पौडेल रहेका छन् ।
लोक पप, आधुनिक र र्उााप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो । उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन् ।


ओइल दर्पण 













