images
images

भमरा पर्यावरण सन्तुलन कायम राख्ने प्रमुख कीरा, तर घट्दै छ संख्या

काठमाडौं । फूलको रस खान फूल वरिपरि घुमिरहने भमरा पर्यावरण सन्तुलन कायम राख्ने प्रमुख कीरामध्ये एक हो। फलफूलमा बसेर रस खाने क्रममा भमराले परागसेचन गर्छ, जसले वनस्पतिको प्रजनन सम्भव बनाउँछ।

यही प्रक्रियाबाट वन, घाँसे मैदान र कृषि प्रणाली निरन्तर चलायमान रहन्छन्। कृषिमा भमराको योगदान अत्यन्त महत्वपूर्ण छ, किनभने स्याउ, सुन्तला, कफी, तोरी, अलैंची जस्ता धेरै बालीको उत्पादन भमरामा निर्भर हुन्छ। वैज्ञानिक अध्ययनअनुसार विश्वका करिब ७५ प्रतिशत खाद्य बाली परागसेचन गर्ने जीवमा निर्भर छन्। भमराले पनि मह र मौरीको मैन उत्पादन गर्छ, जुन औषधि, खाद्य र सौन्दर्य सामग्रीमा प्रयोग हुन्छ।

images

तर पछिल्ला वर्षहरूमा रासायनिक विषादीको अत्यधिक प्रयोग, जलवायु परिवर्तन, वन विनाश र बासस्थानको कमीका कारण भमराको संख्या घट्दै गएको यस क्षेत्रमा अध्ययन गर्दै आएका विज्ञहरु बताउँछन् । विज्ञहरूले भमराको संरक्षणका लागि जैविक खेती प्रवद्र्धन, विषादीको न्यून प्रयोग, फूल फुल्ने बोटबिरुवा संरक्षण र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउँछन्। भमराको संरक्षण भयो भने पर्यावरण, कृषि र मान्छेको भविष्य पनि सुरक्षित रहन सक्छ।