images
images

मधेश प्रदेशमा पनि भेटियो काँडेभ्याकुर चरा

बारा । मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला परेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा पहिलो पटक काँडे भ्याकुर फेला परेको हो ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडेभ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको जानकारी दिए ।

उनका अनुसार समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा पहिलो पटक सो चरा फेला पारेका हुन् ।

उनका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहे पनि मधेस प्रदेशमा भने फेला परेको थिएन ।

यो सँगै मुलुकका ७ वटै प्रदेशमा काँडेभ्याकुर फेला परेका छन् । काँडे भ्याकुर नेपालमा मात्रै पाइने चरा हो ।