images
images

अब संगीत रोयल्टी बैंक खातामा

काठमाडौं। संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।

संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम गर्दै संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार र श्रस्टाहरुको अनुमती प्राप्त प्रकाशकहरूलाई रोयल्टी वितरण गरेको हो।

images

समाजमा दर्ता नभएका गीत तथा स्रष्टाहरूको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टीबाट वञ्चित हुने गरेका छन्। यस विषयलाई केन्द्रमा राख्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्तिका प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो।

संगीत रोयल्टी समाज नेपालको वेभसाइट mrcsn.org पनि सार्वजनिक गरिएको छ। यस सस्थाको सदस्यता लिएका गीतकार र संगीतकारहरुले वेबसाइट mrcsn.org मा लगइन गरी आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर कुन गीतको केके बाट कति रकम जम्मा भयो भन्ने जानकारी प्राप्त गर्न सक्ने छन्।

जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार आफूले चाहेको समयमा सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने बेबस्था पनि गर्न लागेको समाजले जनाएको छ।

सामजको कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार र संगीतकारहरुले फोन मार्फत जानकारी लिई अथवा वेबसाइटबाटै आफ्नो गीतहरू दर्ता गर्न सकिने संगीत रोयल्टी समाज नेपालका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।